काठमाडौं । नेपाली मोटर स्पोर्ट्सको क्षेत्रमा मात्र नभै विश्वको अटोमोबाइल क्षेत्रकै इतिहासमा लोकप्रिय महिला मोटरसाइकल र्याली मोटोगर्ल्स टु द सिन्धुलीगढी सम्पन्न भएको छ ।
महिला मोटरसाइकल र्याली काठमाडौंबाट शुरु भई सिन्धुलीगढीमा समापन भएको हो ।
महिला मोटरीङ्ख र मोटरसाइक्लिङ्खको क्षेत्रमा क्रियाशिल नासा वमेन कमिसन अन्तर्गतको डब्लुआईएमए नेपालले आयोजना गरेको र्यालीमा १४ जना राइडरहरु सहभागी थिए ।
र्याली नेपाल टुरिजम बोर्ड काठमाडौं देखी सुरुभै भक्तपुर, बनेपा, धुलीखेल, खुरकोट हुदै सिन्धुली कला घरको अवलोकन पश्चात सिन्धुलीगढीमा टुगिंएको थियो ।
र्यालीमा सहभागिहरुलाई सिन्धुलीगढी युद्ध संग्राहलयले खादा ओढाई स्वागत गरेका थिए भने सिन्धुली कलाघरमा पनि लोकबाजा सहित खादा ओढाई स्वागत गरेको थियो । र्याली व्यवस्थापन तुलसा पहाडीको संयोजकत्वमा भएको थियो ।
कार्यक्रममा स्लो रेस प्रतियोगिता पनि भएको थियो । जसमा स्टन्ट राईडर जयन्ति सुनुवार (कुन्ची) विजयी भएकी हुन्। स्लो रेस विजेतालाई नासा नेपालको तर्फबाट युएन स्टान्डर्ड सेफ हेल्मेट प्रदान गरिने नासा नेपालले जनाएको छ ।
साथै कार्यक्रममा टिकटक प्रतियोगिता पनि घोषणा गरिएको थियो । टिकटक लाईकको संख्याको आधारमा १४ जना सहभागिहरु विच भएको प्रतियोगितामा पनि राइडर जयन्ति सुनुवार (कुन्ची) नै छनौटमा परेकी छिन् ।
विजेतालाई एक समाहरोमा पुरस्कार वितरण गर्ने नासा वमेन कमिसनकी संयोजक सञ्जु बज्राचार्यले जानकारी दिएकी छिन् ।