काठमाडौं । बेलायती खेलाडी एन्डी मर्रेले फ्रेन्च ओपन टेनिस नखेल्ने भएका छन् ।
मर्रेले विम्बल्डन टेनिसको तयारीका लागि फ्रेन्च ओपन नखेल्ने निर्णय गरेका हुन् ।
मर्रेले फ्रेन्च ओपन भन्दा आफुले विम्बल्डनलाई प्राथमिकतामा राखेको जनाएका छन् ।
सन् २०१७ यता मर्रेले एक पटक मात्र फ्रेन्च ओपन खेलेका छन् ।
३६ वर्षीय मर्रेले फ्रेन्च ओपन जित्न सकेका छैनन् ।
तीन पटकको ग्रान्डस्लाम च्याम्पियन मर्रेले दुई पटक विम्बल्डन जितेका छन् ।
फ्रेन्च ओपन यहि मे २८ मा सुरु हुँदैछ ।
साविक विजेता समेत रहेका स्पेनिस टेनिस स्टार राफायल नाडालले पनि फ्रेन्च ओपन खेल्ने छैनन् चोटका कारण उनले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएका छन् ।