एलेनालाई इटालियन ओपन उपाधि
आइतबार, जेठ ७, २०८०खेलपाटी संवाददाता

काठमाडौं । काजकिस्तानकी एलेना राइबाकिनाले इटालियन ओपन अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् ।
फाइनलमा युक्रेनी खेलाडी एन्हेलिना कालिनिनाबाट वाक ओभर पाउँदै राइबाकिना च्याम्पियन बनेकी हुन् ।
खुट्टाको चोट बोकेपछि युक्रेनी खेलाडीले खेल छाडेकी थिइन् ।
वाक ओभर पाउनु अघि सातौं औं वरियताकी राइबाकिना ६-४ र १-० ले अघि रहेकी थिइन् ।
२४ वर्षीय राइबाकिनाको यो करियरको चौंथो डब्लुटिए उपाधि हो ।
राइबाकिनाले गत वर्ष विम्बल्डन टेनिस जितेकी थिइन् ।
एलेनालाई इटालियन ओपन उपाधि






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


