काठमाडौं । नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङ एसिया प्याशिफिक एमेच्योर च्याम्पियनसिप एएसीले सन्चालन गर्ने एएसी एकेडमी प्रशिक्षणमा सहभागी हुन अस्ट्रेलिया प्रस्थान गरेका छन्।
नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सुबाशलाई शुभकामना सहित बिदाई गरे। सुबशले जेठ १ देखि ५ गतेसम्म मेलबर्नमा आयोजना हुने बिशेष प्रशिक्षणमा सहभागिता जनाउने छन्।
सुबाश हाल विश्व एमेच्योर गल्फ वरीयतामा १८९औं स्थानमा रहेका छन्।
मेलबर्नमा सुबाशले विज्ञहरुबाट सञ्चालन हुने गल्फ, खेल विज्ञान, फिटनेस लगायतका सेसनमा भाग लिनेछन्।
आगामी अक्टोवर महिनामा रोयल मेलबर्न गल्फ क्लबमा आयोजना हुने एसिया प्याशिफिक एमेच्योर च्याम्पियनसिपको तयारीका लागि खेलाडीहरुलाई विशेष प्रशिक्षण प्रदान गर्ने योजनाका साथ एएसी एकेडमी आयोजना गरिएको जनाईएको छ।
अक्टोवर २६ देखि २९ सम्म रोयल मेलबर्न गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा सुबाश र सदभाव आचार्यले नेपालको प्रतिनिधित्व गर्नेछन्।