सोल । खेलकुद पत्रकार गोविन्दराज नेपालको लेखलाई 'एआइपीएस स्पोर्टस मिडिया अवार्ड २०२२' मा प्रशंसा गरिएको छ।
मंगलवार राती दक्षिण कोरियाको सोलमा आयोजित अवार्ड कार्यक्रममा उनले प्रतिस्पर्धामा पठाएको 'दृष्टिविहिन नेपाली क्रिकेट खेलाडी' सम्वन्धी लेखलाई 'स्पेशल कोमेन्डेसन अन पारा स्पोर्टस्' को रुपमा प्रस्तुत गरिएको हो।
अनलाइन खवरमा उनले लेखेको सो लेख मुख्य प्रतिस्पर्धामा नपरेपनि राम्रो लेखको रुपमा प्रशंसा गरिएको थियो।
अन्तर्राष्ट्रिय खेलकुद पत्रकारहरुको संस्था एआइपीएसको आयोजनामा हुने एआइपीएस स्पोर्ट्स मिडिया अवार्डमा विश्वभरका खेलकुद पत्रकारहरुले प्रतिस्पर्धा गर्ने गर्छ।
यसपालीको अवार्डको पाँचौ संस्करणमा विश्वभरका १३८ राष्ट्रबाट १८३० पत्रकारहरुले विभिन्न मुख्य ९ विधामा प्रतिस्पर्धा गरेका थिए।
प्रत्येक विधामा उत्कृष्ट ३ जना पत्रकारहरु सम्मानित हुनेगर्छन्। जसमा पहिलो हुनेले ८ हजार डलर, दोस्रो हुनेले ५ हजार तथा तेस्रो हुनेले २ हजार डलर प्राप्त गर्ने गर्छन्।
यसअघि नेपालबाट प्रज्वल ओलीले सन् २०२० मा वेस्ट राइटर कोलमिस्टको अवार्ड जितेका थिए।