काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडालले इटालियन ओपन टेनिस नखेल्ने भएका छन् ।
नाडालले अर्को हप्ता सुरु हुने इटालियन ओपनबाट नाम फिर्ता लिएका छन् ।
'म रोममा हुन नसक्ने घोषणा गर्न पाउँदा धेरै दुःखी छु,' नाडालले भनेका छन् ।
फ्रेन्च ओपनमा पूर्ण फिट रहन नाडालले इटालियन ओपन नखेल्ने भएका हुन् ।
फ्रेन्च ओपन यहिँ मे २८ मा सुरु हुँदैछ । नाडाल फ्रेन्च ओपनको साविक विजेता समेत हुन् ।
३६ वर्षीय नाडालले हिपको चोटका कारण जनवरीदेखि खेलेका छैनन् ।
२२ पटकको ग्रान्डस्लाम विजेता नाडालले पछिल्लो पटक अष्ट्रेलियन ओपन खेलेका थिए ।
नाडाल अष्ट्रेलियन ओपनमा अमेरिकी खेलाडी म्याकडोनाल्डसँग पराजित भएका थिए ।