आशा र स्वस्तिका सेमिफाइनलमा
काठमाडौं । क्योकुसिन वज्रका आशा गिरी र स्वस्तिाका थारु २१ औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताअन्तर्गत महिला ५० केजीमुनि शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
उनीहरुसंगै केडब्लुडब्लुकी सिवानी आले मगर तथा बुदोकैदोकी उषा रावलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे।
नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष खुलामा नेपाल आर्मीका विनय सिंह, एपीएफका भुपेन्द्र विक, केडब्लुडब्लुका होमबहादुर राई, क्योकुसिन वज्रका अनुप श्रेष्ठ, एफआईकेकेका विजय स्याङतान, क्योकुसिन वज्रका रविन्द्र बुढाथोकी, आईकेओका विक्रम मोक्तान र क्योकुसिन वज्रका सन्तोष विश्वकर्मा क्वाटरफाइनलमा पुगे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा भएको प्रतियोगिताको महिला खुलामा आर्मीकी मन्जु विक, एपीएफकी सुमित्रा नगरकोटी, क्योकुसिन वज्रकी गायत्री रोक्का, केडब्लुडब्लुकी अनिशा तामाङ, आर्मीकी अनुपा नेपाली, क्योकुसिन वज्रकी बसन्ती तामाङ, केडब्लुडब्लुकी रसिला श्रेष्ठ र आर्मीकी सपना आले मगर क्वाटरफाइनलमा पुगे ।
प्रतियोगिताको संघीय सांसद् पशुपतिशमशेर जबराले एक कार्यक्रमबीच उद्घाटन गरे । उक्त अवसरमा आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचन, राप्रपाका केन्द्रीय सदस्य राजाराम श्रेष्ठ, आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतको उपस्थिति रहेको थियो ।
४ स्पर्धा समावेश प्रतियोगिताको पुरुषमा ६५ तथा महिलामा ५५ खेलाडी सहभागी छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)




-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)