काठमाडौं । फिडेमास्टर रुपेश जैसवाल र महिला फिडेमास्टर सुजना लोहनी सोमबार बंगलादेश प्रस्थान गरेका छन् ।
बंगलादेशमा आयोजना हुने वर्ल्ड कप साइकल एसियन जोनल ३.२ च्याम्पियनसिप तथा एसियन च्याम्पियनसिपका लागि रुपेश र सुजना त्यसतर्फ प्रस्थान गरेका हुन् ।
रुपेश र सुजनालाई नेपाल बुद्धिचाल महासंघका पदाधिकारी लगायतले बिदाइ गरेका थिए ।
नेसनल चेस च्याम्पिनसिपको उपाधि जित्दै रुपेश र सुजना प्रतियोगिताका लागि छनोट भएका थिए ।