राष्ट्रिय फुल कन्ट्याक्ट कराते शुक्रबारबाट
काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा २१ औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुषमा ६५ तथा महिलामा ५५ खेलाडीको सहभागिता रहने आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
पुरुषमा खुला तौलसमूह तथा महिलामा ६० केजीमुनि, ६० केजीमाथि र ५० केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले जानकारी गराए । प्रत्येक स्पर्धामा नगद पुरस्कार राखिएको छ ।
अध्यक्ष गौचनले विभिन्न मार्सल आर्ट्सका उत्कृष्ट पक्षलाई समेटी वज्रको उत्पादन गरिएको बताउदै ४ वर्षमा विश्व च्याम्पियनसिप आयोजना गर्ने लक्ष्य रहेको बताए ।
दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा हुनेछ ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)




-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)