धनगढी । १३ औँ सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलालीले प्रथम स्थान हासिल गरेको छ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले प्रदेशका बिभिन्न जिल्लामा गरेको प्रतियोगितामा कैलाली जिल्ला पहिलो भएको हो।
कैलालीले २७ स्वर्ण, १२ रजत, ७ कास्य गरी ४७ पदक हात पारेको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कन्चनपुर दोस्रो भएको छ । कन्चनपुरले १० स्वर्ण, १४ रजत, १० कास्य गरी ३४ पदक हात पारेको छ । यस्तै डडेल्धुराले ४ स्वर्ण, ८ रजत, ९ कास्य गरी २१ पदक सहित तेस्रो भएको छ ।
बाजुराले ३ स्वर्ण, २ रजत, ६ कास्य गरी ११ पदक हात पार्दै चौथो स्थान हासिल गरेको छ भने २ स्वर्ण, ४ रजत, ७ कास्य गरी १३ पदक हात पार्दै दार्चुलाले पाँचौ स्थान हासिल गरेको छ । यसैगरी बैतडीले १ स्वर्ण, ४ रजत, ४ कास्य गरी ९ पदक हात जित्दै छैटौ स्थान हाँसिल गरेको छ । अछामले १ स्वर्ण, ८ कास्य गरी ९ पदक हात पार्दै सातौँ स्थान हासिल गरेको छ । उता बझाङले ३ रजत, ५ कास्य गरी ८ पदक जित्दै आठौँ स्थानमा रहेको छ भने डोटीले ७ कास्य पदक जित्दै नबौँ स्थान हासिल गरेको छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले राष्ट्रिय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक सिंहले जानकारी दिए ।