काठमाडौं । महिला रेसिङ च्याम्पियनसिपको उपाधि नवाङ मोक्तानले जितेकी छन् ।
धुलिखेलस्थित हिमालयन मोटर ल्याण्डमा गंगा श्रेष्ठलाई पछि पार्दै नवाङले उपाधि जितेकी हुन् । गंगा दोस्रो हुँदा रोश्नी भण्डारीले तेस्रो स्थान हासिल गरिन् ।
'१०० गर्ल्स इन मोटरसाइकल' कार्यक्रम अन्तर्गत भएको प्रतियोगितामा १८ खेलाडीले सहभागिता जनाएको नासा नेपालका अध्यक्ष दशरथ रिसालले जानकारी दिए ।
यस्तै च्याम्पियनसिप अन्तर्गत स्किल तथा स्पीड बेशको आधारमा विश्वमा लोकप्रिय 'मोटो जिमखाना च्याम्पियनसिप' पनि आयोजना भएको थियो ।
यस स्पर्धामा गंगा श्रेष्ठ पहिलो, शीवा सिंह ठकुरी दोस्रो र सुमी न्यौपाने तेस्रो भएकी छन् । बेस्ट पर्फमरको उपाधि जयन्ति सुनुवारले हात पारिन् ।
धुलिखेल नगरपालिकाको मेयर अशोक ब्यान्जु र अन्तर्राष्टिय अटोमोबाइल फेडेरेशनका सदस्य गोविन्द भट्टराईले सुरुवात गरेको रेस इभेन्टमा विजयीहरुलाई राखेप बोर्ड सदस्य अन्जन धमला, नासा नेपालका अध्यक्ष दशरथ रिसाल लगायतले पुरस्कृत गरे ।