काठमाडौं । मोरक्को तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर लाखौं कमाउने फुटबलरमा पर्छन ।
तर, यतिबेला हाकिमीसँग कुनैपनि सम्पति नरहेको खुलासा भएपछि चर्चाको विषय बनेको छ ।
२४ वर्षीय हाकिमीका श्रीमती हिबा अकुबले डिभोर्स गर्दै आधा सम्पति दाबीसहित मुद्दा हालिन ।
तर, अदालतले हाकिमीको नाममा कुनैपनि सम्पति नभएको खुलासा गर्यो । अदालतको खुलासाले हिबा छक्क परेकी छिन् ।
हाकिमीले आफुले कमाएको लाखौं डलर आफ्नो आमाको खातामा राख्ने गरेका थिए । जसको कारण हाकिमी अदालतमा सम्पति विहीन देखिए ।
हाकिमीको घर, गाडी, गरगहनाहरु सबै आमाको नाममा रहेको छ । उनी आफुलाई चाहिने समान किन्न आमासँग पैसा माग्थे । यस खबरले स्पेन, मोरक्को र फ्रान्समा हलचल मच्चाएको छ ।
यद्दपी, हाकिमीका श्रीमतीलाई पूर्व पतिको सम्पति आवश्यक छैन । किनकि उनीसंग पुग्ने आफ्नै सम्पति रहेको बताईएको छ ।