काठमाडौं । बास्केटबल लिजेण्ड माईकल जोर्डनले प्रयोग गरेको जुत्ता कीर्तिमानी मूल्यमा बिक्री भएको छ ।
एनबीए लिजेण्ड जोर्डनले प्रयोग गरेको नाईकीको 'एयर जोर्डन-१३' जुत्ता २.२ मिलियन अमेरिकी डलरमा बिक्री भएको छ।
जुन मूल्य बास्केटबल जुत्ताको अक्सन इतिहासकै सर्वाधिक महँगो हो ।
एयर जोर्डन-१३ जोर्डनले सिकागो बुल्सबाट खेल्दा १९९८ को एनबीए फाइनल दौरान लगाएका थिए ।
यस अघि जोर्डनकै 'एयर जोर्डन १' जुत्ता ५ लाख ६० हजार युरोमा बिक्री भएको थियो ।
त्यस्तै जोर्डनको जर्सी १ मिलियन पाउण्डमा बिक्री भएको थियो ।
सिकागो बुल्सका पूर्व स्टार जोर्डनले क्लबका लागि ६ पटक एनबीए उपाधि जितेका थिए ।
५७ वर्षीय जोर्डनले सिकागोबाट १५ सिजन खेलेका थिए ।
सन् २००३ बाट उनले खेल जीवनबाट सन्यास लिएका थिए ।