काठमाडौं । आठौं ओसन कप यू-१३ राष्ट्रिय फुटबल प्रतियोगिता जारी रहेको छ ।
गोरखास्थित द ओसन क्लबको कृतिम मैदानमा मंगलबार ९ खेलहरु सम्पन्न भएको छ ।
मंगलबार पहिलो खेलमा द ओसन क्लबले समाज कल्याण खेलकुद केन्द्रसँग ३-३ गोलको बराबरी खेलेको छ ।
नमुना खेलकुद केन्द्रले हिल्ली फिल्डर्स गोरखा एफसीलाई ४-० ले हराएको छ ।
नव जन जागृति युवा क्लबले गैह्राबारी फुटबल क्लबलाई ४-२ ले हराउँदा एबीसी फुटबल एकेडेमीले काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ४-२ ले हराएको छ ।
अल स्टार क्लबले काठमाडौं किकर्सलाई ५-३ ले हराएको छ भने लक्ष्मी सामुदायिक शिक्षा सदनले द ओल्ड क्यापिटल माबिलाई ७-३ ले हराएको छ ।
गैह्राबारी फुटबल क्लब र नमुना खेलकुद क्लबले १-१ को बराबरी खेल्दा नव जन जागृति युवा क्लबले समाज कल्याण खेलकुद केन्द्रलाई ३-१ ले तथा काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले अल स्टार क्लबलाई ३-२ ले हराएको छ ।
द ओसन क्लब गोरखाको आयोजनामा जारी प्रतियोगिता चैत ३० गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा देशभरका एकेडेमी, क्लब र विद्यालय गरि १२ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद २० हजार पाउने छन् । उपविजेताले १० हजार पाउने छन् । उत्कृष्ट खेलाडीले विशेष पुरस्कार पाउने आयोजकले जनाएको छ ।