सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय हक्कीको सेमिफाइनल समीकरण पूरा

शनिबार, २५ चैत्र २०७९खेलपाटी संवाददाता
राष्ट्रिय हक्कीको सेमिफाइनल समीकरण पूरा
Loading ad...
mustang rice ad

विराटनगर ।  गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा विभागीय टोली आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश पुगेका छन् ।

शनिबार लिग चरणमा सबै समिकरण पूरा हुँदा अंक तालिकाको आधारमा समूह ‘ए’ तर्फ त्रिभुवन आर्मी क्लब पहिलो र दोस्रो स्थानमा नेपाल पुलिस छन् । समूह ‘बि’ तर्फ पहिलो सुदूरपश्चिम प्रदेश र दोस्रो मधेस प्रदेश रहेका छन् ।

प्रतियोगिताको आइतबार हुने सेमिफाइनलको पहिलो खेल आर्मी र मधेस प्रदेश तथा दोस्रो खेल सुदूरपश्चिम र पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगरको सहिद रंगशालामा भइरहेको प्रतियोगिताअन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ५–३ गोलमा पराजित गरेको छ । सुदूरपश्चिमका दीपकराज जोशीले २ गोल, धिरेन्द्रबहादुर , शेरबहादुर चन्द र महेश नेपालीले समान १–१ गोल गरेका थिए । मधेस प्रदेशका विशला क्षेत्री, रुपक दाहाल र रुपेश राईले समान १–१ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका महेश नेपाली भए ।

त्यस्तै, अर्को खेलमा गण्डकी र कर्णाली प्रदेशले २–२ गोलको बराबरी खेलेर अंक बाँड्दै लिग चरणबाट बहिरिएका छन् । गण्डकीका संगम जेटी र असिम बाहेकले गोल गरे । कर्णालीका लागि जीवन राउतले २ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच कर्णालीका जीवन राउत भए । 

शुक्रबार राति भएको खेलमा साबिक विजेता त्रिभुवन आर्मीले पूर्व विजेता गण्डकी प्रदेशलाई ८–१ को फराकिलो गोल संख्यामा पराजित गरेको छ । आर्मीका रोमन रानाले ३ गोल, काशीराजले २ गोल, देवसिंह धामी र प्रदीप राजवंशीले समान १–१ गोल गरे । गण्डकीका असिम बाहेकले एक गोल फर्काए । खेलको म्यान अफ द म्याच आर्मीका नितिश न्यौपाने भए ।  

नेपालमा पहिलो पटक रात्रीकालीन हक्की खेल शुक्रबार राति भएको छ । प्रतियोगिताका संयोजक तथा पूर्व अन्र्तराष्ट्रिय खेलाडी रञ्जन थापाका अनुसार हक्कीलाई रात्रीकालीन बनाउन सकिने आधार तयार गर्ने क्रममा पहिलो पटक विराटनगरमा खेल सम्पन्न भएको छ ।

नेपाली टोलीले विदेशमा बाहेक स्वदेशमा पहिलो पटक हक्की खेलका हुन् । यस खेलबाट यहाँ पनि रात्रीकालीन खेल सम्भव भएको पुष्टि भएको छ । हक्कीलाई संरक्षण गर्ने क्रममा प्रतियोगिता आयोजना गरेरै पहिलो पटक प्रयास गरेकोमा सफल भएका छौं, थापाले भने ।

उनले अगामी दिनमा यसरी रात्रीकालीन खेल खेलाउन सके खेलप्रति अरुलाई आकर्षित बनाउन सकिने मात्र नभई यसमा खेलप्रेमीलाई समेत आकर्षण गराउन सकिन्छ । यसले फुटबल, क्रिकेटसँगै मैदानमा हक्कीलाई समेत राति खेलाउन सक्ने पक्का आधार तयार भएको थापाले बताए । 

Loading ad...
LiNing Ad
राष्ट्रिय हक्कीको सेमिफाइनल समीकरण पूरा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी