काठमाडौं । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा राजधानीमा हुने वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि प्रदेश १ को खेलाडी छनोट प्रतियोगिता विराटनगरमा सुरु भएको छ ।
प्रतियोगिताको फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले प्राविधिक संयोजक अनुप लामालाई ग्लोब्स हस्तान्रण गरी उद्घाटन गरे । प्रतियोगितामा सुनसरी, मोरङ, उदयपुर र झापाका खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक राजिव श्रेष्ठले जनाएका छन् ।
पहिलो दिन महिला ४८ केजीमा झापाकी रोसिना लावतीले मोरङकी हेमकला राई तथा सुनसरीकी दिलकुमारी श्रेष्ठले उदयपुरकी गीता चौधरीलाई पराजित गरी फाइनलमा प्रवेश गरे ।
पुरुष ५२ केजीमा झापाका प्रवीण ब्यलकोटीले मोरङका अजय खुलाल, ६४ केजीमा सुनसरीका जितबहादुर खवासले उदयपुरका सुजन राई र ६९ केजीमा झापाका प्रेम गुरुङले उदयपुरका प्रेम खत्रीलाई हराउदै फाइनलमा स्थान पक्का गरेका छन् ।