काठमाडौं । भारतको डिफरेन्टली एबल क्रिकेट कमिटि अफ बीसीसीआईका महासचिव रवि कान्त चौहान नेपाल आएका छन् ।
महासचिव चौहान आइतबार नेपाल आईपुगेका हुन् ।
चौहानलाई १०० स्पोर्ट्स म्यानेजमेन्ट प्राइभेट लिमिटेडका संस्थापक रवीन्द्र भाटी, निर्देशक विकास खेतान, क्रिकेटका राष्ट्रिय अम्पायर तथा बाग्मती प्रदेश क्रिकेट सङ्घका प्राविधिक प्रमुख रवीन्द्र गुप्ता, वरिष्ठ अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल, फिजीकल्ली च्यालेन्जड क्रिकेट अफ नेपालका कप्तान सन्तोष भण्डारी र ह्वील चियर क्रिकेट एसोसिएसन अफ नेपालका अध्यक्ष छुल्तीम शेर्पा लगायतले स्वागत गरेका थिए ।
चौहानलाई स्वागत गर्दै १०० स्पोर्ट्सका संस्थापक भाटीले बीसीसीआईका सदस्यको नेपाल भ्रमणले दुई देशबीचको क्रिकेट सम्बन्ध सुमधुर रहने विश्वास व्यक्त गरे ।
वरिष्ठ अन्तर्राष्ट्रिय अम्पायर तथा १०० स्पोर्ट्सका निर्देशक अर्यालले नेपाली खेलकुद तथा खेलाडीको जीवनलाई नयाँ उचाइ दिन १०० स्पोर्ट्स सफल हुने विश्वास व्यक्त गरे ।