बाँके । बाँकेका जंगु थारु र रुपा थारु लुम्बिनी स्तरीय बाँके एमटिबी च्यालेन्जमा च्याम्पियन बनेका छन् ।
शनिबार बाँके जिल्लाको बैजनाथ गाउँपालिकास्थित पर्यटकीय स्थल गाभरमा भएको साइक्लिङको क्रससन्ट्री ओलम्पिक विधामा जंगुले निर्धारित ४.५ किलोमिटर दुरीको ट्रेलमा ३ ल्याप ५२ मिनेट २७ सेकेन्डमा पार गर्दै प्रथम भएका हुन् ।
त्यसैगरी देवबहादुर बोहोराले ५३ मिनेट २७ सेकेण्डमा पुरा गर्दै दोस्रो र शिवप्रसाद थारुले ५६ मिनेट ३२ सेकेण्डमा निर्धारित दुरी पुरा गरी तृतीय स्थान हासिल गरे ।
४.५ किलो मिटरको दुरी भएको ट्रेलमा महिला तर्फ निर्धारित २ ल्याप ५१ मिनेट ४१ सेकेण्डमा पार गर्दै रुपा थारु प्रथम हुँदा १ घण्टा १० सेकेण्डमा एसी श्रेष्ठ द्धीतीय स्थान तथा १ घण्टा २ मिनेट २ सेकेण्डमा पार गरी रिमा थारु तृतीय भए ।
लुम्बिनी प्रदेश स्तरीय खेलमा महिलातर्फ ६ जना र पुरुष १३ जना सहभागी थिए ।
बिजयी खेलाडीलाई बैजनाथ गाउँपालिका वडा १ का अध्यक्ष रुप बहादुर मल्ल लगाएत अतिथितिले पुरस्कृत गरे । यसअघि बैजनाथ पालिका प्रमुख प्रकाशबहादुर शाहीले प्रतियोगिताको उदघाटन गरेका थिए ।
साइक्लिङ खेललाई बढावा दिदैं, पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको बाँके जिल्ला साइक्लिङ संघ स्थापनाकालको छोटो समयमा साइकिलिङ खेलका पूर्वाधार तयार गर्ने देखि खेलाडीहरुलाई प्रशिक्षित गर्ने र देशमा हुने विभिन्न प्रतियोगितामा पठाउने काम गर्दै आएको अध्यक्ष गगन थापाले बताए ।