काठमाडौं । नेपालकी अन्जनी टेली भारतको राजधानी नयाँ दिल्लीमा जारी आईबीए महिला बक्सिङ च्याम्पियनसिपको क्वाटरफाइनलमा पराजित भएकी छन् ।
महिला ५२ केजी तौल समूहमा अन्जनी बेलारुसका खेलाडी युलिया अपनासोमिचसँग पराजित भएकी हुन् ।
अन्जनीलाई बेलारुसी खेलाडीले ५-० ले हराएको हो ।
यस अघि अन्जनीले हाइटीका खेलाडी क्याटरिन मारिया स्टालीङलाई ५–० अंकले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेकी थिइन् ।
अन्जनीको हारसँगै प्रतियोगितामा नेपालको चुनौती सकिएको छ ।
प्रतियोगितामा नेपालका ७ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।