काठमाडौं । भारतको गुजरातमा हुने चारदेशिय अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने राष्ट्रिय ह्वीलचेयर क्रिकेट टिमलाई नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) ले आर्थिक सहयोग गरेको छ।
समाजले मंगलबार समाज कल्याण परिषद राष्ट्रिय अपाङ कोषको कार्यालयमा पुगेर एनसीएसएसले ह्वीलचेयर क्रिकेट टिमलाई आर्थिक सहयोग गरेको हो ।
एनसीएसएसले संस्थाका सदस्यहरुबाट संकलन गरिएको २१ हजार टिम लिडर तथा प्रशिक्षक भरत बहादुर कार्कीलाई हस्तान्तरण गरेको छ । यस रकमबाट टोलीले आफै खेलका लागि आवश्यक सामग्रीहरुको व्यवस्थापन गर्नेछ ।
एनसीएसएसको तर्फबाट केन्द्रिय अध्यक्ष नारायण पराजुली तथा आजिवन सदस्य सागर पंगेनी उपस्थितिमा रकम हस्तान्तर गरिएको हो ।
अध्यक्ष पराजुलीले सम्पूर्ण टिमलाई सफलता शुभकामना साथै आगामी दिनमा पनि ह्वीलचेयर क्रिकेट टिम र नेपाली क्रिकेट समर्थक समाजबीच सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
चैत ९ गतेदेखि १५ गते सम्म भारतको गुजरातमा हुने प्रतियोगिता सहभागिता जनाउँदै गर्दा क्रिकेट सामाग्री अभाव भएको खबर सुन्ने बित्तिकै समाजले आफ्नो संस्थाको आन्तरिक फोरमबाट रकम संकलन गरेको थियो ।
एनसीएसएसले संस्था स्थापना लगत्तै यो किसिमका आर्थिक सहयोग अभियानहरु गर्दै आइरहेको छ ।
७ दिन सम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत , श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।