काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ काठमाडौंको तिलगंगामा रहेको प्यारागन पब्लिक स्कुलको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् ।
खेलकुदको माध्यमबाट देशका लागि पुर्राएको योगदानलाई कदर गर्दै श्रेष्ठलाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको स्कुलले जनाएको छ ।
प्यारागनले दुई वर्षका लागि उनलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो।
यस नियुक्तिसँगै श्रेष्ठलाई मासिक रूपमा तलब दिनुका साथै उनले सहभागिता जनाउने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा विद्यालयले सहयोग गर्ने सहमति भएको बताईएको छ ।
सहमति पत्रमा हस्ताक्षर गर्दै विद्यालयका तर्फबाट विद्यालयकी प्रधानाध्यापक बिना बानु तथा प्रबन्ध निर्देशक शाकीर उद्दिनले श्रेष्ठलाई विद्यालयको ब्रान्ड एम्बेसडरमा नियुक्त गरी विद्यालयमा आबद्ध गराउन पाएकामा आफूहरूलाई अत्यन्तै खुसी लागेको बताए ।
श्रेष्ठले यस विद्यालयको ब्रान्ड एम्बेसडर बनेर विद्यालयलाई सहयोग गर्न पाएकामा आफूलाई पनि धेरै नै खुसीको महसुस भएको बताए ।
‘प्यारागन पब्लिक स्कुलले मलाई विद्यालयको खेलकुदको विकास गर्ने कार्यका साथै शैक्षिक गतिविधिमा समेत संलग्न गराई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेकामा म विद्यालयप्रति हाद्धिक कृतज्ञता व्यक्त गर्दछु,' उनले भने ।