काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबारदेखि सुरु आईबीए महिला बक्सिङ च्याम्पियनसिपमा नेपालकी अन्जली तेलीले विजयी सुरुआत गरेकी छन् ।
अन्जलीले महिला ५२ केजी तौल समूहमा डोमीनिकन रिपब्लिककी मुक्केवाज हेर्नान्डेज गा्रसिया मेगुईनालाई पराजित गरिन् ।
त्यसैगरि मार्च १७ तारिखमा नेपालकी संगीता सुनार ६० केजी तौल समूहमा अष्ट्रेलियाका मुक्रकेवाज स्कानलोन डानियलीसंग र सोहीदिन नेपालकी सरस्वती रानाले सर्वियाको खेलाडी गाजिकनिकोलिनासँग ७० केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।
मार्च १८ तारिखमा नेपालकी सुष्मा तामाङले ४८ केजी तौल समूहमा विश्वको दोश्रो वरियताकी खेलाडी बुल्गेरियाकी असिनोभा सेम्डा युलियानोभासँग प्रतिस्पर्धा हुने भएको छ । त्यसै दिन नेपालकी मिनु गुरुङले ५४ केजी तौल समूहमा थाइल्याण्डका खेलाडी जिपोङ्ग जुतामाससँग खेल्ने छन् ।
मार्च १९ तारिखमा नेपालकी अस्मीता दुवालले ५० केजी तौल समूहमा बोत्स्वानाकी खेलाडी मोडुकानेली लेथावो बोकामोसोसँग र ५७ केजी तौल समूहमा नेपालकी चन्द्रकला थापाले भेनेजुएलाकी अल्काला ओमिलिपनसँग राउण्ड ३२ को खेल खेल्ने छन् ।