काठमाडौं । वीर गणेशमान सिंह स्पोर्टस कमिटिले चैतमा दुई खेलका राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने भएको छ।
कमिटिले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी दुई खेलका राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने जनाएको हो।
स्पोर्टस कमिटिले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ र चौंथो संस्करणको १० के रोड रेस आयोजना गरिने जनाएको छ।
स्पोर्टस कमिटिले चौंथो वीर गणेशमान सिंह १० के रोड रेस चैत ११ गते शनिबार आयोजना गरिने जनाएको छ ।
दरबारमार्गस्थित शेर्पा मलबाट सुरु हुने रोड रेसमा महिला र पुरुषतर्फ प्रतिस्पर्धा हुनेछ ।
महिला पुरुष विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रोले १५ हजार पाउने छन् । चौंथोले १० हजार र पाँचौंले ५ हजार पाउने छन् ।
यस्तै रोड रेसमा कीर्तिमान बनाउनेले १० हजार पाउने छन् ।
यस्तै चैत २१ देखि २५ सम्म बक्सिङ प्रतियोगिता आयोजना हुने जनाएको छ ।
वसन्तपुरमा आयोजना हुने बक्सिङमा महिला र पुरुषमा ६/६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
बक्सिङमा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले समान ७ हजार ५ सय पाउने छन् ।
पुरुषतर्फ ५१, ५७, ६३.५, ७१, ८० र ९२ तौल समूह र महिलातर्फ ५०, ५४, ५७,६०, ६८ र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिका एक उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।
प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोलीका १ सय ४० खेलाडीले सहभागिता जनाउने छन् ।