इलाम । १३ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय खेलकुद प्रतियोगिता २०७९ को उपाधि इलाम नगरपालिकाले जितेको छ ।
फाकफोकथुम गाउँपालिकाको सिंहदेवी माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा २४ स्वर्ण, ७ रजत र १० काँस्य सहित इलामले उपाधि हासिल गरेको हो । ९ स्वर्ण, ८ रजत र ५ काँस्य सहित चुलाचुली गाउँपालिका दोश्रो बनेको छ । ६ स्वर्ण, ६ रजत र १० काँस्य पदक सहित सूर्योदय नगरपालिकाकाले तेश्रो स्थान हासिल गरेको छ ।
५ स्वर्ण, ७ रजत र ४ काँस्य सहित फाकफोकथुम गाउँपालिकाले चौथो स्थान हासिल गरेको छ । ३ स्वर्ण, १ रजत र ५ काँस्य सहित देउमाई नगरपालिकाले पाँचौ स्थान हासिल गरेको छ । २ स्वर्ण, ५ रजत र ५ काँस्य सहित रोङ गाउँपालिकाले छैटौ स्थान हासिल गरेको छ । २ स्वर्ण २ रजत र २ काँस्य सहित माईजोगमाई गाउँपालिकाले सातौ स्थान हासिल गरेको छ । १ स्वर्ण, ५ रजत र ८ काँस्य सहित माई नगरपालिकाले आठौ स्थान प्राप्त गरेको छ । ३ रजत र २ काँस्य सहित माङसेबुङ गाउँपालिका नवौ र २ रजत पाएको सन्दकपुरले १० औ स्थान हासिल गरेको छ ।
विजेता तथा उपविजेता बनेका पालिकालाई फाकफोथमु गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले शिल्ड, मेडल र पुरस्कार हस्तान्तरण गरे ।
विजेता तथा उपविजेता बनेका पालिकालाई फाकफोथमु गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले शिल्ड, मेडल र पुरस्कार हस्तान्तरण गरे । कार्यक्रम जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बाँस्तोलाको अध्यक्षतामा भएको थियो । १४ औ संस्करणको राष्ट्रपति रनिङ शिल्ड माङसेबुङ गाउँपालिकामा आयोजना गर्नका लागि झन्डा समेत हस्तान्तरण भएको अध्यक्ष बाँस्तोलाले जानकारी दिए ।