काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वुमन्स इन्टरनेशनल मोटर साइकल एशोसियसन नेपाल र गेट नेपालको संयुक्त आयोजनामा काठमाडौं देखि ककनि सम्मको मोटरसाइकल ¥यालीको आयोजना भएको छ ।
¥यालीमा करीब ७० जना महिला राइडरसको सहभागिता रहेको थियो । नेपाल अटोमोवाइल्स स्पोर्टस् एशोसियसन (नासा), कपुरी ब्रर्दस इन्टरप्राइजेज, कवच गिर्यर, सगरमाथा इन्सुुरेन्स् ,मेघा अस्पताल र तारा गाँउ रिसोर्ट सहकार्यमा सम्पन्न कार्यक्रमको ट्राभल पार्टनरका रुपमा घुमन्ते र एक्सप्लोर हब नेपाल रहेका थिए ।
यस कार्यक्रम मार्फत संकलित कोषलाइ रसुवा जिल्लाको ग्रे गाँउको आदिवासी तामाङ्ग समुदायको स्थानीय महिलाद्वारा संचालित होम स्टे र दिगो पर्यटनमा प्रयोग गरिने छ ।
सिस्टरहुड अन व्हिल्सनाराकासाथ काठमाडाँै सितापाइलाबाट सुरु भई ककनिको तारा गाँउ रिसोर्टमा समापन गरिेएको करिव २८ कि. मि. को ¥यालीमा विभिन्न क्षेत्रका महिलाहरुले आफ्ना प्रेरणादायी कथाहरु र बाइक राइडिङ अनुभव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सेफ्टी राइडिङ सम्बन्धी अभिमुखीकरण दिइनु का साथै नासा नेपाल र विमा नेपालका अभियानका बारेमा जानकारी दिइएको थियो । कार्यक्रमको अन्त्यमा स्लो बाइक कम्पिटिसन तथा मोबिलिटि स्कुटरका बिचमा रेस आयोजना गरिएको थियो ।
सोही कार्यक्रमको अवसरमा नासा नेपालको महिला लक्षित अभियान '१०० गर्ल्स इन मोटरसाइक्लिङ' सार्वजनिक गरिएको थियो । जहाँ १०० जना महिलालाई बाइक रेसिङ, टुरिङ सम्बन्धि तालिम प्रदान गर्ने तथा प्रतियोगिता आयोजना गरिने छ ।