काठमाडौं । एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गतको एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड कतारका खेलकुद पत्रकार मोहम्मद हिजीलाई प्रदान गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा हिजीलाई एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिएको हो ।
एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डसँगै उनले नगद ५० हजार प्राप्त गरे ।
खेल पत्रकारितामा तीन दशकभन्दा बढी अनुभव भएका हिजीले एआईपीएसको उपाध्यक्षको रूपमा लगातार तीन कार्यकाल काम गरेका थिए ।
कतारी नागरिक हिजीले १९९० देखि खेल पत्रकारिता सुरु गरेका थिए ।
हिजीले कतारमा आयोजना भएको २०२२ फिफा विश्वकपलाई विश्वभर प्रवर्द्धन गर्न प्रमुख भूमिका खेलेका थिए।