काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ अस्वस्थ भएका छन् ।
गत बिहीबारदेखि सदस्य–सचिव घिसिङ अस्वस्थ भएका हुन् ।
अस्वस्थ भएपछि बिहीबारै कीर्तिपुरस्थित नेसनल आयुर्वेदा रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा भर्ना भएका सदस्य–सचिव घिसिङलाई शुक्रबार डिचार्ज गरिएको छ ।
सदस्य–सचिव घिसिङलाई चिकित्शकले केहि दिन आराम गर्न सुझाव दिएको छ ।