काठमाडौं । नेपाल इरानमा जारी दोश्रो जुनियर विश्व कबड्डी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको क्वाटरफाइनलमा इराकलाई ६४-६३ ले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
नेपाल पहिलो पटक जुनियर विश्व कबड्डी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
अब नेपालले फाइनल प्रवेशका लागि आयोजक इरानसँग खेल्नेछ ।
इरानले बंगलादेशलाई ५६-१७ ले हराएर अन्तिम चारमा पुगेको हो ।
प्रतियोगितामा सहभागी हुन १० पुरुष खेलाडीसहित १६ सदस्यीय नेपाली टोली इरानमा छन् ।
नेपाली टोलीमा घनश्याम रोका मगर, सरमन प्रजापति, प्रकाश गिरी, आकाश भट्ट, रामु टमाटा, विजय दमाइ, सागर यादव, दिपेन्द्र यादव, गणेश पार्की र इशरार खान रहेका छन् ।
प्रशिक्षकमा कबड्डीकी प्रमुख प्रशिक्षक पार्वती राई र अरविन्दकुमार झा, व्यवस्थापकमा लक्ष्मण बराल तथा निर्णायकमा विरेन्द्रकुमार यादव छन् ।