काठमाडौं । बंगलादेशको राजधानी ढाकामा हुने ‘योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८’ मा चार नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
बिश्व ब्याडमिन्टन संघको तत्वाधान तथा बंगलादेश ब्याडमिन्टन संघको आयोजनामा हुने बंगलादेश च्यालेन्जमा चार नेपाली खेलाडीले चुनौती दिने भएका हुन् ।
प्रतियोगितामा सहभागि हुन संघका उपाध्यक्ष सुभाष श्रेष्ठ नेतृत्वको चार सदस्यीय नेपाली ब्याडमिन्टन टोली आजै बंगलादेशतर्फ प्रस्थान गरेको छ ।
प्रतियोगितामा रत्नजित तामाङ्ग, दिपेश धामी, नङ्गशल देवी तामाङ्गले प्रतिस्पर्धा गर्नेछन् । अमिता गिरी पढाईका क्रममा भारतमा रहेकाले त्यतैबाट बंगलादेश प्रस्थान गर्नेछिन् ।
मंसिर २५ देखि पौष १ गते सम्म संचालन हुने बंगलादेश च्यालेन्जमा नेपाली टोलीले पुरुष र महिला एकल, युगल तथा मिश्रीत युगलमा प्रतिस्पर्धा गर्नेछ ।