शुक्रबार, १५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसियन क्रस कन्ट्रीलाई बागमती प्रदेश, नेसनल लाइफ र एमएडब्ल्युको साथ

शनिबार, १३ फाल्गुण २०७९खेलपाटी संवाददाता
एसियन क्रस कन्ट्रीलाई बागमती प्रदेश, नेसनल लाइफ र एमएडब्ल्युको साथ
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालमा आयोजना हुने १६ औं एसियन क्रस–कन्ट्री च्याम्पियनसिपका लागि नेपाल एथलेटिक्स संघले बागमती प्रदेश खेलकुद विकास परिषद, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एमएडब्ल्यु इन्टरप्राइजेज प्र.लि.सँग सम्झौता गरेको छ ।

गोकर्ण फरेस्ट रिसोर्टमा आगामी फागुन २३ गते मंगलबार आयोजना हुने च्याम्पियनसिपका लागि संघले बागमती प्रदेश खेलकुद, नेसनल लाइफ र एमएडब्ल्युसँग सम्झौता गरेको हो ।

एसियन एथलेटिक्स एसोसिएसन (एएए) ले दुई–दुई वर्षमा सञ्चालन गर्दै आएको एसियन क्रस–कन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना गर्नको लागि बागमती खेलकुद विकास परिषदले सहयोग गर्ने सम्बन्धी सम्झौता–पत्रमा संघका अध्यक्ष राजीव विक्रम शाह र परिषदका सदस्यसचिव सूर्यलाल भण्डारीले हस्ताक्षर गरे । एनएलआईसीएलको तर्फबाट प्रमुख प्रेमा राज्यलक्ष्मी सिंहले प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थितिमा हस्ताक्षर गरे  । त्यस्तै, एमएडब्ल्यु इन्टरप्राइजेजको तर्फबाट मार्केटिङ म्यानेजर रमेश दनेखुले हस्ताक्षर गरेका थिए ।

'नेपालले २२ वर्षपछि आयोजना गर्न लागेको एसियन क्रस–कन्ट्री च्याम्पियनसिप देशकै लागि गर्वको कुरा हो । यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बृद्धि गर्ने छ । हामी यस च्याम्पियनसिपलाई भव्य एवम् सफलतापूर्वक आयोजना गर्ने अन्तिम तयारीमा छौं । हाम्रो यस अभियानमा जोडिएकोमा बागमती प्रदेश खेलकुद विकास परिषदलाई विशेष धन्यवाद,' सम्झौतापछि अध्यक्ष शाहले भने, 'निजी क्षेत्रको प्रतिनिधित्व गर्दै हाम्रो हौसला बढाएकोमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एमएडब्ल्यु इन्टरप्राइजेजलाई धन्यवाद व्यक्त गर्दछु । सरकार र निजी क्षेत्रको लगानीमा हाम्रा खेलाडीहरूले यसपाली च्याम्पियनसिपमा पदक जितेर इतिहास कोर्ने विश्वास छ ।'

च्याम्पियनसिपमा एसियन एथलेटिक्स एसोसिएसनका सदस्य ४५ देशमध्ये धेरै देशका खेलाडी सहभागि हुन नेपाल आउने आशा गरिएको छ ।

च्याम्पियनसिपमा पुरुष र महिलाका सिनियर र जुनियर गरी इन्डिभिज्युअल चार इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

यसै साता नेपाली खेलाडीको छनोट प्रतियोगिता पनि भइसकेको छ ।

Loading ad...
LiNing Ad
एसियन क्रस कन्ट्रीलाई बागमती प्रदेशनेसनल लाइफ र एमएडब्ल्युको साथ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हार्दिक र पूजा च्याम्पियन

हार्दिक र पूजा च्याम्पियन

सन्देश प्रथम

सन्देश प्रथम

कबड्डीको एसियाड तयारी भारतमा हुने

कबड्डीको एसियाड तयारी भारतमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हारसहित फर्किँदै नेपाली टोली

हारसहित फर्किँदै नेपाली टोली

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल

इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल

गीता पनि भुटानी लिगमा

गीता पनि भुटानी लिगमा

 रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्‍यो अनुशासनात्मक अनुसन्धान

अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्‍यो अनुशासनात्मक अनुसन्धान

भोजिन्हाले पाउलान् उपनाम राख्न ?

भोजिन्हाले पाउलान् उपनाम राख्न ?

बंगलादेश फर्किए अनन्त

बंगलादेश फर्किए अनन्त