काठमाडौं । ग्रान्डीले तेश्रो थ्री बाइ थ्री यु–१९ खुला बास्केटबल प्रतियोगितामा शुक्रबार दोहोरो उपाधि जितेको छ ।
ग्रान्डी ब्वाइज÷गर्ल्स दुवैमा च्याम्पियन बन्यो । ब्वाइज÷गर्ल्सको ‘मोस्ट भेलुएबल प्लेयर’ को उपाधि पनि ग्रान्डीकै खेलाडीले जिते ।
प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रान्डीले मेरिलियोन जिम्न्याजिमलाई १८–१२ ले पराजित गर्यो ।
चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा ग्रान्डीले बलर्सलाई १५–११ ले हरायो । ब्वाइजमा उर्गेन लामा तथा गर्ल्समा युनिका लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई आयोजकका निर्देशक राजु सिंह, प्रायोजक युनिश अमात्यलगायतले नगद, ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरे ।
एकदिने प्रतियोगिताको ब्वाइजमा १४ तथा गर्ल्समा ५ टिमले भाग लिएको प्रतियोगिता संयोजक सुवास दर्शनले जनाएका छन् ।