काठमाडौं । जीएनएस र सिबर्डले हिसान छैटौं खेलकुद सप्ताहअन्तर्गत ब्वाइज बास्केटबलमा मंगलबार जित हात पारेका छन् ।
जीएनएसले रिलायन्सलाई ३४–२२ तथा सिबर्डले आइन्सटाइनलाई ३५–२० ले पराजित गरे । ब्वाइजमै सीसीएसले ऋतलाई २४–१३, जेभियरले ह्वाइटहाउसलाई ४३–३९ तथा टाइम्सले नोबेललाई ४०–१४ ले हराए । गर्ल्स बास्केटबलमा ह्वाइटहाउसले सीसीआरसीलाई १९–८ तथा रिलायन्सले ऋतलाई २६–१० ले पाखा लगाए ।
खेलकुद सप्ताहअन्तर्गत फुटसलको उपाधि जेएमसी र ह्वाइटहाउसले जितेका छन् । जेएमसी ब्वाइज तथा ह्वाइटहाउस गर्ल्समा च्याम्पियन बने ।
ब्वाइजको फाइनलमा जेएमसीले एन्जल्स हार्टलाई २–० गोलले पराजित गर्यो । एन्जल्स हार्टका सुलभ घर्ती उत्कृष्ट खेलाडी घोषित भए । जेएमसीका मिडे शेर्पा सर्वाधिक गोलकर्ता बने भने जेएमसीका सुरेन्द्र तामाङ उत्कृष्ट गोलरक्षक चुनिए ।
गल्र्सको उपाधि भिडन्तमा ह्वाइटहाउसले सीसीआरसीलाई २–१ गोलले हरायो । खुशबु गुरुङ उत्कृष्ट खेलाडी बनिन् भने अस्मिता रावल सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहिन् । दुवै उपाधि विजेता ह्वाइटहाउसका हुन् ।