काठमाडौं । शेर्पा आउटडोरको नेपाली ब्राण्ड केटीएम सिटीले भारतमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ ।
भारतमा बजार विस्तार गर्ने क्रममा केटीएम सिटीले भारतको सिक्किममा नयाँ आउटलेट खोलेको हो ।
सिक्किमको महात्मा गान्धी मार्गमा नयाँ आउटलेट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।
यस अघि केटीएम सिटीले भारतको सिलिगुरीमा आउटलेट सञ्चालनमा ल्याईसकेको छ ।
नेपाली लुगाको ब्राण्डलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा फैलाउने उद्धेश्यका साथ अघि बढेको केटीएम सिटीले भारतसँगै क्यानडामा समेत आफ्नो सेवा विस्तार गरिसकेको छ ।
केटीएम सिटीको नेपालमा २९ आउटलेट रहेको छ ।
पछिल्लो समय केटीएम सिटीले नेपाली खेलकुदमा समेत आफ्नो सहयोग र सहकार्य विस्तार गर्दै आएको छ ।
केटीएम सिटी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य किट प्रायोजक हो । यस्तै मनाङ मर्स्याङ्दी क्लबको किट प्रायोजक समेत हो ।
त्यसबाहेक केटीएम सिटीले भलिबल, क्रिकेट, ब्याडमिन्टन सहित विभिन्न खेलसँग सहकार्य गर्दै आएको छ ।