काठमाडौं । माओबादी केन्द्रले शिव कोईराला ‘ज्वाला’लाई केन्द्रिय सदस्यमा मनोनित गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष समेत रहेका कोईरालालाई माओबादी केन्द्रले बैकल्पिक केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।
माओबादी केन्द्रको काठमाडौं सह इन्चार्ज रहेका कोईराला अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष समेत हुन् ।
कोईरालालाई बैकल्पिक केन्द्रिय सदस्यमा मनोनित गर्दै माओबादी केन्द्रले केन्द्रिय कार्यसमितिको विस्तार गरेको छ ।
तत्कालिन नेकपा माओबादीमा जनयुद्ध लडेको पृष्ठभुमीबाट खुल्ला राजनीतिमा आएका कोईरालाले पार्टीभित्र खेलकुद र युवामा लोकप्रिय मानिन्छन् । तत्कालिन समयमा माओबादीको युवा संगठन बाईसिएलको काठमाडौं इन्चार्ज भएर कोईरालाले चर्चा कमाएका थिए ।
पछिल्लो समय नेपाली खेलकुदको कार्यकारी निकाय राखेपको उपाध्यक्षको रुपमा कोईरालाले काम गर्दै आएका छन् ।