काठमाडौं । शेर्पा आउटडोरको नेपाली स्पोर्ट्स ब्राण्ड केटीएम सिटीले नयाँ योजना 'फाइनल विन्टर धमाका क्लियरेन्स सेल' घोषणा गरेको छ ।
नेपालीहरुको पहिलो रोजाइ बन्न सफल क्लोथिङ ब्रान्ड केटीएम सिटीले बिहीबारबाट 'फाइनल विन्टर धमाका क्लियरेन्स सेल' घोषणा गरेको हो ।
यस योजना अन्तर्गत केटीएम सिटीको सबै कपडाको मुल्य ९ सय ९० भन्दा कम हुनेछ ।
केटीएम सिटीका अनुसार यो क्लियरेन्स सेल सीमित समयको लागि मात्र हुनेछ ।
यस अफर केटीएम सिटीको आउटलेटसँगै वेबसाइट अथवा मोबाईल एपमा समेत लागु हुनेछ ।
पछिल्लो समय केटीएम सिटीले नेपाली खेलकुदमा समेत आफ्नो सहयोग र सहकार्य विस्तार गर्दै आएको छ ।
केटीएम सिटी राष्ट्रिय फुटबल टिमको मुख्य किट प्रायोजक हो । यस्तै मनाङ मर्स्याङ्दी क्लबको किट प्रायोजक समेत हो ।
त्यसबाहेक केटीएम सिटीले भलिबल, क्रिकेट, ब्याडमिन्टन सहित विभिन्न खेलसँग सहकार्य गर्दै आएको छ ।