काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल र काष्ठमण्डप नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियरले रेडिअन्ट पब्लिकलाई ३–० गोलले पराजित गर्यो । एक्सेल्सियरका कृष पाण्डेले २ तथा साहिलराज थापाले १ गोल गरे ।
काष्ठमण्डपले संस्कृति इन्टरनेसनल स्कुललाई ५–० को फराकिलो गोलअन्तरले हरायो । विजेताका सुप्रिम बोहराले २ तथा सहज ढकाल, आध्यान शेरचन र इशान पराजुलीले १–१ गोल गरे ।
यु–१६ ब्वाइज फुटबलमा ग्रिनफिल्ड नेसनल स्कुल र न्यु इराले उपाधि भिडन्त पक्का गरे । ग्रिनफिल्डले श्री सञ्जय साइलाई ५–० गोलले पाखा लगायो । विजयी टिमका लागि धर्विन्द्र बोहरा र उपेन्द्र बोहराले समान २–२ तथा आयुश दूतराजले १ गोल गरे । न्यु इराले हार्टल्यान्ड एकेडेमीलाई २–१ गोलले पन्छायो । न्यु इराका पेम्बा तामाङ र सशांक थापाले १–१ गोल गरे । हार्टल्यान्डका प्रशान्त धामीले सान्त्वना गोल गरे ।
प्रतियोगिता अन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा जेनिथ र रेडिअन्ट पब्लिक उपाधिका लागि भिड्ने भएका छन् । जेनिथले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई ४२–३४ ले पराजित ग¥यो । जेनिथको जितमा सुशिल शाहीले १६ अंक योगदान गरे । सुवास गौतमको २३ अंक सहयोगमा रेडिअन्टले ओएसिसलाई ५३–५१ को साँघुरो अन्तरले हरायो ।
गर्ल्समा संस्कृति र काष्ठमण्डपले फाइनल यात्रा तय गरे । संकृतिले रातो बंगलामाथि १८–१६ को कठिन जित दर्ता गर्यो । संस्कृतिकी ओमी मास्केले ९ स्कोर गरिन् । रेडिअन्ट विरुद्ध काष्ठमण्डप १२–११ को झीनो अन्तरले विजयी भयो । काष्ठमण्डपकी रिया राईले ६ अंक जोडिन् । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।