आइतबार, १७ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

गोल्डेन एथलेटिक्स : तिर्थ र रेखालाई स्वर्ण

आइतबार, २२ माघ २०७९खेलपाटी संवाददाता
गोल्डेन एथलेटिक्स : तिर्थ र रेखालाई स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं । काठमाडौंमा आईतबार सुरु भएको गोल्डेन एथलेटिक्स मिटको १० हजार मिटर दौडमा तिर्थ पुन र रेखा विष्टले स्वर्ण पदक जितेका छन् । एथलेटिक्स परिवार नेपालको आयोजनामा सञ्चालित प्रतियोगिताको १० हजार मिटर दौडमा पर्वतका तिर्थ र पुलिस क्लबकी रेखा पहिलो बनेका हुन् ।

तिर्थले निर्धारित दुरी ३० दशमलव ४७ सेकेन्डमा पुरा गरे । रेखाले निर्धारित दुरी ३९ दशमलव ३८ सेकेन्डमा पुरा गरिन् । सो स्पर्धामा तिर्थ पहिलो बन्दा एपीएफका राजेन्द्र तामाङ दोस्रो र सन्तोष बिक्रम विष्ट तेस्रो भए । महिला स्पर्धामा अन्जु खड्का तेस्रो र सुमित्रा चौधरी तेस्रो बनिन् ।

यस्तै, सय मिटर पुरुष स्पर्धामा कर्णाली प्रदेशका युवराज बिक पहिलो बने । एपीएफका शिवराज पार्की दोस्रो र एपीएफकै निरप्रताप महतो तेस्रो बने । सय मिटरको महिला स्पर्धामा दाङकी निशा चौधरी पहिलो बनिन् । उनले निर्धारि दुरी १२ दशमलव ५३ सेकेन्डमा पुरा गरिन् । पुलिसकी लक्ष्मी साउद दोस्रो र ललितपुरकी रजिना दुलाल तेस्रो बनिन् । 

चार सय मिटर महिलाा स्पर्धामा रमिता कुमारी थारु पहिलो, कल्पना श्रेष्ठ दोस्रो र अरुजा रिजाल तेस्रो बनिन् । सोही विधाको पुरुष स्पर्धामा पुलिसका तेजबहादुर कार्की पहिलो, लुम्बिनीका तुल्सीराम थारु दोस्रो र एपीएफका आषिश चौधरी तेस्रो बने ।

चार बाई सय मिटर रिले पुरुषमा एपीएफको टिम च्याम्पियन, लुम्बिनी प्रदेशको टिम दोस्रो र नेपाल पुलिस क्लबको टिम तेस्रो बन्यो । 

पन्ध्र सय मिटर महिला स्पर्धामा पुलिसकी राममाया बुढा पहिलो, एपीएफकी फुलमती राना दोस्रो र एपीएफकी आशा रावल तेस्रो बनिन् । सोही विधाको पुरुष स्पर्धामा पुलिसका नागेश्वर ऐर पहिलो, सन्तोष नेपाली दोस्रो र विषेश घिमिरे तेस्रो बने ।

लङजम्पको पुरुष स्पर्धामा एपीएफका सलिम देवानले ७ मिटर ०९ सेन्टिमिटरमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । एपीएफका सुदिप थारु दोस्रो र एपीएफकै मिथुन चौधरी तेस्रो बने । महिला स्पर्धामा दाङकी निशा चौधरी पहिलो, पुलिसकी सिमा चौधरी दोस्रो र एपीएफकी रञ्जिता राई तेस्रो बनिन् । 

हाइजम्पको महिला स्पर्धामा लम्जुङका सिमा श्रेष्ठ पहिलो, पुलिसकी लक्ष्मी साउद दोस्रो र एपीएफकी बिर्सना कुमाल तेस्रो बनिन् । पुरुष स्पर्धामा भने प्रभु थापा पहिलो, पुलिसका चन्द्र जोशी दोस्रो र कैलालीका नरबहादुर साउद तेस्रो बने ।

प्रतियोगिताको दोस्रो तथा अन्तिम दिनका खेल भोलि सोमबार दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् राखेप, नेपाल एथलेटिक्स संघ, प्रदेश खेलकुद विकास परिषद् बागमती लगायतले सहकार्य गरेका छन् । 
 

Loading ad...
LiNing Ad
#गोल्डेन एथलेटिक्स

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाली खेलकुद इतिहास झल्काउने तीनदिने प्रदर्शनी हुँदै

नेपाली खेलकुद इतिहास झल्काउने तीनदिने प्रदर्शनी हुँदै

हार्दिक र पूजा च्याम्पियन

हार्दिक र पूजा च्याम्पियन

सन्देश प्रथम

सन्देश प्रथम

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेन्टेन एफसी च्याम्पियन

मेन्टेन एफसी च्याम्पियन

सलाहलाई अविश्वसनीय प्रस्ताव

सलाहलाई अविश्वसनीय प्रस्ताव

नेपाली खेलकुद इतिहास झल्काउने तीनदिने प्रदर्शनी हुँदै

नेपाली खेलकुद इतिहास झल्काउने तीनदिने प्रदर्शनी हुँदै

स्तब्ध मेसी

स्तब्ध मेसी

काभा महिला च्याम्पियन्स लिग भलिबल फेरि नेपालमा

काभा महिला च्याम्पियन्स लिग भलिबल फेरि नेपालमा

सुखद् रहेन मोरिन्होको पुनरागमन

सुखद् रहेन मोरिन्होको पुनरागमन

सिटीको हार

सिटीको हार

आश्रयलाई दोहोरो पदक

आश्रयलाई दोहोरो पदक