काठमाडौं। वृहस्पति विद्या सदन (विभिएस) ले विश्व क्यान्सर दिवसको अवसरमा शनिबार ५ किलोमिटरको वाकाथनको आयोजना गरेको छ ।
विभिएस विश्व क्यान्सर दिवसको अवसर पारेर क्यान्सरबारे जनचेतना जगाउन ५ किलोमिटरको वाकाथन आयोजना गरेको विभिएसका इसिए इन्चार्ज बालकृष्ण शर्माले जानकारी गराए ।
५ किलोमिटरको वाकाथनमा वृहस्पतिका विद्यार्थी शिक्षक, कर्मचारी अभिभावक गरी करिव ३ सय ५० जनाको उपस्थिति रहेको मिडिया संयोजक डोल्मा लामा शाहले जानकारी गराइन् । कार्यक्रममा क्यान्सर विशेषज्ञ डाक्टर खगेन्द्र देवकोटा र क्यान्सर जितेकी रत्नदेवी पाण्डेको पनि उपस्थिति रहेको थियो ।
वाकाथन वृहस्पति स्कुलको प्राङ्गणबाट शुरु भई मालीगाँउ, हाडीगाँउ डबली, कृष्ण मन्दिर, वडा नम्वर ५ हुँदै विशालनगर, टुडालदेवी भाटभटेनी, गहना पोखरी, टंगाल स्कुल हुँदै विद्यालय हातामा आएर टुंगिएको इसिए इन्चार्ज मुकेश केसीले जानकारी गराए ।
विभिएसले वाकाथनलाई महानगरीय प्रहरी वृत मालीगाँउ नक्साल र चिरायु अस्पतालले सहयोग गरेको थियो । विभिएसले विश्व क्यान्सर दिवसको अवसरमा हरेक वर्ष वाकाथन गर्दै आइरहेको छ ।