काठमाडौं । वर्षा बस्नेतले पावर टु पावर स्टेरिङ अन्तर्गत अटो जिमखाना प्रतियोगिताको उपाधि जितेकी छिन् ।
हिमालयन मोटरल्याण्डमा शनिबार भएको प्रतियोगितामा वर्षा पहिलो भएकी हुन् ।
प्रतियोगितामा राज्य लक्ष्मी शाक्यले दोस्रो स्थान हासिल गरिन् । टुविङ्कल न्याछोँले तेस्रो स्थान हासिल गरिन् ।
मोटरल्याण्डस्थित शर्ट सर्किटमा डिजाइन गरीएको ट्रयाकमा टाइमीङ , स्किल तथा स्पीड बेशको आधारमा विजयी घोषणा गरिएको हो ।
पावर स्टेरिङमा महिला हुँदा गाडीको सुरक्षा र नेतृत्वको सफलता मूल थिम रहेको इभेन्टमा १८ वटा टिम सहभागी भएका थिए ।
नासा उमन कमीसनले नासा फोर वील्लर टिमसंगको सहकार्यमा आयोजना भएका इभेन्टमा विजयहरुलाई शिल्ड र सर्टिफिकेटका नासाका अध्यक्ष दशरथ रिसाल, केन्द्रिय सल्लाहकार गोबिन्द भट्टराई, नासा फोर वील्लर टिमका संयोजक अनिल वराल लगायतले प्रदान गरेका थिए ।