काठमाडौं । नवौं एलआरआई बास्केटबल फेस्टको उपाधि टाइम्स कलेजले हात पारेको छ ।
एलआरआई स्कुलको खेलमैदानमा बिहीबार आयोजना भएको फाईनल खेलमा टाइम्सले सिसिआरसिलाई ७६–५२ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
त्यस्तै फुटसलको फाइनल खेलमा ह्वाइट हाउस कलेज विजयी भएको छ । ह्वाइट हाउस कलेजले केसिसिएसलाई ४–२ अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
बास्केटबलको उत्कृष्ट खेलाडी अवार्ड टाइम्सका पारस के.सि. तथा फुटसल तर्फको उत्कृष्ट खेलाडी अवार्ड ह्वाइट हाउसका समिर वनले प्राप्त गरेका थिए । सो प्रतियोगितमा २० वटा कलेजको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नागार्जुन नगरपालिकाका उप–प्रमुख सुशिला अधिकारीले प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः नगद रु २४००० तथा १२००० र मेडल, ट्रफी सहित सम्मान गरे ।
उप–प्रमुख अधिकारीले एल.आर.आई.स्कुले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरी राष्ट्रको लागि निकै ठुलो योगदान पु¥याउदै आएको बताईन् ।
एल.आर.आईका प्राचार्य डा. देवकान्त जोशीले व्यस्त शैक्षिक क्यालेण्डरका बावजुद कलेज तथा स्कुलहरुले प्रतियोगितामा सहभागीभई एक आपसमा ऐक्यबद्धता तथा स्वस्थ प्रतिस्प्रधाको भावना तथा मान्यता स्थापित गर्न सफल भएको बताए ।
उच्च मा.वि.का संयोजक ध्रुब खडकाले विद्यार्थीको समग्र विकासमा यस्ता खेलकुद प्रतियोगिताले सकारात्मक प्रभाव पार्ने बताउदै आगामी दिनमा अतिरिक्त क्रियाकलापलाई प्राथमिकताका साथ अगाडि बढाइने जानकारी दिए।