काठमाडौं । शिरिष फाउन्डेसनले बक्सिङ खेलाडी सुष्मा तामाङलाई नगदसहित सम्मान गरेको छ ।
फाउन्डेसनले आइतबार एक कार्यक्रमको आयोजना गर्दै सुष्मालाई २५ हजार नगदसहित सम्मान गरेको हो ।
थाइल्यान्डमा आयोजना भएको एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा रजत पदक विजेता सुष्मालाई फाउन्डेसनले सम्मान गरेको हो ।
बैंककमा गत बुधबार भएको महिला ४८ केजी तौल समूहको फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी थिइन् ।
फाउन्डेसनले सुष्मालाई प्रायोजन समेत गरेको छ । उदियमान खेलाडीहरुलाई हौशला र प्रेरणा प्रदान गर्न सहयोग पुर्राउने उद्धेश्यले ५ वर्ष अगाडी पौडी खेलाडी शिरिष गुरुङको नाममा स्थापना गरिएको फाउण्डेशनले सुष्मालाई एक वर्षको लागि प्रायोजन गरेको थियो ।