काठमाडौं । एसियन बक्सिङ कन्फेडरेसनको आयोजनामा थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न एएसबीसी यू-२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक विजेता नेपाली टोली स्वदेश फर्किएका छन् ।
च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक विजेता सुष्मा तामाङ र कास्य पदक विजेता नेपाली टोलीलाई शुक्रबार राति स्वदेश फर्किएका हुन् ।
बक्सिङ टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायले भव्य स्वागत गरे ।
मिनिमम ४८ किलो तौल समूहमा सुष्माले रजत पदक जितेकी थिइन् ।
यस्तै महिलातर्फको फेदर वैट ५४ देखि ५७ किलो तौल समूहमा हेमा राईले कास्य, महिला लाईट हेभि ७५ देखि ८१ किलो तौल समूहमा त्रिसा जवेगुले कास्य र पुरुष तर्फ क्रुजर वैट ८० देखि ८६ किलो तौल समूहमा विजय बाटाले कास्य पदक प्राप्त गरेका थिए ।
२० वटा देशको सहभागिता रहेको प्रतियोगितामा नेपालले एक रजत पदक र तीन कास्य गरी चार पदक जित्दै वरीयता क्रममा सातौ स्थान हासिल गरेको थियो ।
सोहि प्रतियोगिता दौरान अन्तराष्टिय बक्सिङ संघले सञ्चालन गरेको अन्तराष्ट्रिय टेक्निकल अफिसियल कोर्ष परिक्षामा नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य पुष्कर राज पन्त र ईवा २ स्टार रेफ्री जज कोर्ष परीक्षाको लागि नेपालका ईवा १ स्टार अन्रर्राष्ट्रिय रेफ्री जज राम चन्द्र थापामगर र धनकुमार मैनालीले समेत सहभागिता जनाएका थिए ।