विश्व पौडीमा नेपालका ४ खेलाडीले खेल्ने
बिहिबार, मंसिर २०, २०७५खेलपाटी संवाददाता

काठमाडौं । चीनको ग्वाङ्जाओमा हुने १४ औ विश्व पौडी प्रतियोगितामा नेपालका ४ खेलाडीले सहभागिता जनाउने भएका छन् । ग्वाङजाओमा आगामी मंगलबारबाट सुरु हुने प्रतियोगितामा नेपालका ४ खेलाडीले विभिन्न स्पर्धामा सहभागिता जनाउने भएका हुन् ।
सुभम श्रेष्ठले ५० र सय मिटर ब्रेस्टट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।
अनुभव सुब्बामा ५० र सय मिटर बटरफ्लाई, टिसा शाक्यले ५० तथा सय मिनेट फ्रि स्टाईल तथा आयुश्मा तुलाधरले ५० मिनेट ब्रेस्टट्रोक र ५० बटरफ्लाई स्पर्धामा खेल्नेछन् ।
नेपाली टिमका मुख्य प्रशिक्षकमा ईश्वर कार्की रहेका छन् । त्यस्तै टिम लिडरमा महेश महर्जनले रहेका छन् । बिहिबार एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेलाडी तथा पदाधिकारीको बिदाई गरेका थिए ।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)







