काठमाडौं । नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा पराजित भएकी छिन् ।
बैंककमा बुधबार भएको महिला ४८ केजी तौल समूहको फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भईन् ।
सुष्मालाई अंकको आधारमा ५-० ले पराजित गर्दै फोजिलोभाले स्वर्ण पदक जितिन् ।
फाइनलमा पराजित भएपनि सुष्माले ऐतिहासिक रजत पदक जितेकी छिन् ।
यस अघि सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनल पुगेकी थिइन् ।
यस प्रतियोगितामा फाइनल पुग्ने सुष्मा पहिलो नेपाली खेलाडी हुन् ।
प्रतियोगितामा नेपालबाट समान ३–३ पुरुष÷महिला खेलाडी गरि ६ जनाएको सहभागिता रहेको छ ।