काठमाडौं । थाइल्याण्डमा जारी एएसबीसी एसियन यू-२२ बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाली मुक्केबाज विजयी बाटा र त्रिशा जवेगु पराजित भएका छन् ।
महिलातर्फ ७५ केजी तौल समूहमा त्रिशा काजिकिस्तानी एरजन गुल्सायसँग अंकको आधारमा पराजित भईन् ।
पुरुष ८६ केजी तौल समूहमा विजय इन्डोनेसियाका मोसकिता माईकलसँग आरएसीको आधारमा पराजित भएका छन् ।
महिला ४८ किलो तौल समूहमा मंगोलियाका बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउण्डमा रेफ्रि स्टोप कन्टेस्ट (आरएससी) को आधारमा पराजित गर्दै सुष्मा तामाङ भने फाइनलमा प्रवेश गरेकी छिन् ।
नेपालले एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ मा तीन काँस्य पदक जितिसकेको छ ।