काठमाडौं । थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू-२२ बक्सिङ च्याम्पियनसिपमा नेपालका लाल प्रसाद उप्रेती र ईन्द्र बहादुर सुनारले हार व्यहोरेका छन् ।
पुरुषतर्फ ४८ केजी तौल समूहमा लाल फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसँग ५:० अंकको आधारमा पराजित भए ।
पुरुषतर्फ ५७ केजी तुला समूहमा ईन्द्र मंगोलियाका गन्तुमार लुण्डासँगै आरएसिको आधारमा दोस्रो राउण्ड हार व्यहोरे ।
नेपालबाट सहभागी महिला खेलाडी सुस्मा तामाङ, हेमा राई र त्रिशा जवेगु सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।