काठमाडौं । थाइल्याण्डको राजधानी बैंककमा जारी एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिपमा नेपालका बक्सर इन्द्र बहादुर सुनारले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
बुधबार भएको प्रि-क्वाटरफाइनलमा इन्द्रले पुरुष ५७ केजी तुला समूहमा लाओसका खेलाडी सोक्साखुनलाई (यूनानिमस) ५-० अंकको आधारमा पराजित गरे ।
अब इन्द्रले क्वाटरफाइनलमा मंगोलियाका गन्तुमार लुण्डासँग खेल्नेछन् ।
नेपालबाट सहभागी दुई खेलाडी बिजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।