काठमाडौं । थाईल्याण्डमा जारी एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा नेपालले दुई पदक पक्का गरेको छ ।
बैंककमा जारी प्रतियोगितामा नेपालका महिला खेलाडी त्रिसा जवेगुले मिडल वैट ७५ किलो तौल समूह र पुरुष खेलाडी विजय बाटाले क्रुजर वैट ८६ किलो तौल समूहमा बाई पाएर कास्य पदक पक्का गरेका छन् ।
विजयले सेमिफाइनलमा भारतीय खेलाडी मुस्किता माईखेलसँग प्रतिष्पर्धा गर्ने छन् भने त्रिसाले काजकिस्तानका येरजहान गुलसायासँग खेल्ने छन् ।
त्यसैगरी अर्का खेलाडी हेमा राईले महिला ५७ किलो तौल समूहमा क्वाटरफाइनलमा सिंगापुरका खेलाडी चाव जी मिन बेरनिससँग प्रतिष्पर्धा गर्ने छन् ।
महिला ४८ किलो तौल समूहमा सुस्मा तामाङले भियतनामी खेलाडी फाम थि किनहानसँग क्वाटरफाइनलमा खेल्ने छन्।
पुरुष ४८ किलो तौल समूहमा नेपालका लाल प्रसाद उप्रेतीले फिलिपिन्सका दुरेन मार्क लेफचरसँग, फेदर वैट पुरुष ५७ किलो तौल समूहमा नेपाली खेलाडी इन्द्र बहादुर सुनारले लाओसका खेलाडी सोक्साखोनसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।