काठमाडौं । अर्किड स्कुलको आयोजनामा सातौं अर्किड कप अन्तरविद्यालय सिक्स ए साइड फुटबल प्रतियोगिता माघ २७ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा ३२ छात्र टिमको सहभागिता रहने अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जनाएका छन् । विजेताले ३० हजार, उपविजेताले २० हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार पाउने छन् ।
नकआउट पद्धतिमा हुने प्रतियोगिताका खेलहरु काँडाघारीस्थित आयोजकको आफ्नै मैदानमा हुनेछ । गत संस्कणको उपाधि नेक्सस् इन्टरनेसनल एकेडेमीले जितेको थियो ।