काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का टोलीले च्यासल मैदानको अवलोकन गरेका छन् ।
राखेप सदस्य सचिव र एन्फाका अध्यक्षसहितको टोलीले बिहीबार च्यासल पुगेर मैदानको निरीक्षण गरेका हुन् ।
आसन्न सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिताको तयारी अन्तर्गत सदस्य सचिव र एन्फाको टोलीले मैदान निरीक्षण गरेको हो ।
निरीक्षण टोलीमा सदस्य सचिवसँगै एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, पूर्व सदस्य रमेश ब्यन्जनकर र महासचिव किरण राई रहेका थिए ।
एन्फाले च्यासल रंगशाला हस्तान्तरणका लागि राखेपलाई पत्र पठाईसकेको छ ।
शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।